१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २२ बुधबार १३:०८:००
Read Time : < 1 मिनेट
समाचार

राजनीति गर्ने भए पार्टी कार्यालय जानूस् : सञ्चारमन्त्री बाँस्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २२ बुधबार १३:०८:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कार्यालयमा राजनीति नगर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएका छन् ।

टेलिकमको १६ औं वार्षिकोत्सव समारोहमा मन्त्री बाँस्कोटाले टेलिकमलाई सरकारले आफ्ना छोराछोरीलाई जत्तिकै माया गरेको समेत बताए । 
‘विकट पहाड पुगेर टावर ठढ्याउने इन्जिनियर र टेक्निसियनलाई धन्यवाद छ, बधाई छ,’ बास्कोटाले भने, ‘यहाँ राजनीति नगर्नूस् राजनीति गर्ने भए पार्टी कार्यालय जानूस् ।’

उनले टेलिकम एक फूलबारी भएकाले यसको गोडमेल आवश्यक भएको बताए । 

कम्पनीलाई माया गरेपछि सबै कर्मचारीको तलब सुविधा बढ्ने भएकाले कामप्रति बफादार हुन उनले आग्रह गरे ।

कम्पनीको जन्मदिनको अवसरमा नाचगान गर्न उनले आग्रह गरेका छन् ।