मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ माघ २२ बुधबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार

गृहसचिव न्यौपानेले गरे पदभार ग्रहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ माघ २२ बुधबार १२:२५:००

गृहसचिव महेश्वर न्यौपानेले बुधबार गृह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । 

प्रेमकुमार राईको अवकासपछि रिक्त रहेको गृहसचिव पदमा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव न्यौपानेलाई सरुवा गरेको थियो ।

पदभार ग्रहण गर्दै सचिव न्यौपानेले गलत कामगर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताए । साथै, नयाँ जिम्मेवारी सफल बनाउन सवैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।