मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २२ बुधबार ११:३३:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपालसामु फितलो ब्याटिङ गर्दै ओमान

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार ११:३३:००

आइसिसी विश्व क्रिकेट लिग– २ अन्तर्गत पहिलो त्रिकोणात्मक खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर ब्याटिङमा उत्रेको ओमानले जारी अवस्थामा ३१ ओभरको समाप्तिमा ९१ रन बनाउँदा पाँच विकेट गुमाइसकेको छ । 

नेपालका तीव्र गतिका बलर करन केसीले ओमानका जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । उनले दुई विकेट लिएका छन् । त्यस्तै अभिनास बोहोराले एक विकेट लिए । त्यसैगरी सुसन भारीले दुई विकेट लिन सफल भए । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ। ओडीआई मान्यता पाएको झण्डै दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको छ। 

नेपालले ओमान र अमेरिकासँग ओडीआईमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। सन् २०२३ को विश्वकप छनोटको रुपमा समेत लिइएको आइसीसी विश्वकप लिग–२  पहिलो खेल खेल्न लागेको नेपाल घरेलु मैदान, दर्शकको साथ र अभ्यस्त पिचका कारण पनि आजकोे खेलमा नेपाल हाबी हुन सक्ने देखिन्छ । 

त्यसो त ब्याटिङको मुख्य समस्या भोग्दै आएको नेपाली टिमले  यो सिरिजमा दुई जना अनुभवी बलरसमेत छैनन् । सोमपाल कामी चोटका कारण र वसन्त रेग्मी पारिवारिक कारण टोलीमा छैनन् ।