मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २१ मंगलबार २१:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्थापना दिवसमा प्रदेश सभा सदस्यकै उपस्थिति न्यून

Read Time : < 1 मिनेट
२०७६ माघ २१ मंगलबार २१:०८:००

प्रदेश ५ को प्रदेश सभा स्थापना दिवसमा प्रदेश सभाका सदस्यहरूकै उपस्थिति न्यून रह्यो । प्रदेश सभा सचिवालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश सभाका जम्मा सदस्यको एक तिहाईभन्दा पनि कम सदस्य मात्र उपस्थित भएका थिए ।

प्रदेश ५ मा सत्तापक्ष नेकपाका ६१ जना सांसद रहेका छन् । त्यसमा २० जना मात्रै प्रदेश सभा दिवस कार्यक्रममा सहभागी थिए । मध्यान्ह १२ बजेबाट सुरु भएको मूल समारोहमा प्रतिपक्षी कांग्रेसका १८ मध्ये दुई जनाले मात्र सहभागिता जनाएका थिए । प्रदेश सभाका तेस्रो ठुलो दल रहेको समाजवादी पार्टीका पनि न्यून सांसद मात्र उपस्थित रहेका थिए । एक–एक जना मात्र सांसद रहेका राजपा र राजमोका सांसदहरू भने सहभागी भएका थिए ।

कार्यक्रममा रुपन्देहीमै घर भएका प्रदेश सभा सदस्यहरूको उपस्थिति झनै न्यून रहेको थियो । प्रदेश ५ को प्रदेश सभामा ८६ सांसद छन् । कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्रकुमार कनोडिया साँझ ५ बजेपछि सुरु भएको रात्रीभोज सकिन लाग्दा मात्र आइपुगेका थिए । कार्यक्रममा प्रदेशका केही मन्त्रीसमेत सहभागी भएनन् ।

संसदलाई अझ प्रभावकारी बनाइने
प्रदेश प्रमुख धर्मनाथ यादवको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश संसदलाई अझ प्रभावकारी बनाइने बताए । उनले प्रदेश सभाका विषयगत समितिहरू प्रभावकारी हुँदै गए संसद पनि प्रभावकारी हुने बताए ।

प्रदेश सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभालाई सबैको मिहिनेतबाट व्यवस्थित गर्दै आएको भन्दै आगामी दिनमा थप व्यवस्थित बनाइने बताए । कार्यक्रममा कांग्रेस सचेतक निर्मला क्षेत्री, समाजवादी पार्टीका सन्तोष पाण्डेलगायतले प्रदेश सभामा दुई वर्षको अवधिमा आफूहरूले निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिए ।