मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ २१ मंगलबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार

नेकपाइतरबाट न्याय र समानता पाइँदैन : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ २१ मंगलबार १८:२१:००

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाइतर पार्टीले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलक रूपमा काम गर्न नसक्ने दावी गरेका छन् ।

पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (अनेम संघ)को एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् । ‘नेकपाको संघर्षका कारण हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हो,’ उनले भने, ‘कम्युनिष्ट विरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्नुमा पूर्ण सत्यता छैन ।’