१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ २१ मंगलबार ०९:३१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

नृत्य गर्नुहोस् फाइदै फाइदा

Read Time : < 1 मिनेट
२०७६ माघ २१ मंगलबार ०९:३१:००
  • दैनिक करिब एक घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट टाढा रहन सकिन्छ । नाच्दा एक सयदेखि चार सयसम्म क्यालोरी घट्ने भएकाले तौल व्यवस्थापन गर्न सजिलो हुन्छ । 
  • बिहानको समयमा नृत्य गर्दा वा सिक्दा झन् प्रभावकारी हुन्छ । नियमित नृत्य गरेमा शारीरिक रूपमा फिट रहन सकिन्छ । साथै, रक्तसञ्चार राम्रो हुन्छ र समग्र वृद्धि–विकासमा मद्दत पुग्छ ।
  • नृत्यले शरीरमा सकारात्मक ऊर्जा पैदा गर्छ । एक्लोपना, डर, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट टाढा राख्छ । संगीतको तालमा नृत्य गर्दा मन शान्त रहन्छ र मस्तिष्क क्रियाशील हुन्छ ।
  • नृत्य गरेरै तनावबाट राहत महसुस गर्न सकिन्छ । खासगरी, कामकाजी मानिसले साँझतिरको समय नृत्य गर्न उचित हुन्छ । साँझको नृत्यले दैनिक कामका कारणले हुने तनाव हटाउन र शान्त महसुस गर्न मद्दत पु¥याउँछ । त्यस्तै, शरीरमा स्फूर्तिसमेत महसुस गराउँछ । त्यसैले नृत्य गर्नहरू स्मार्ट देखिन्छन् ।  
  • नाच्दा शरीरमा छुट्टै किसिमको ऊर्जा आउने भएकाले हिच्किचाहटसमेत टाढा भाग्छ । 
  • आजभोलि अधिकांशले मोबाइल, कम्प्युटर, टिभीमा अत्यधिक समय बिताउने गर्छन् । यस्तो निष्क्रिय जीवनशैलीले विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । बालबालिकालाई सामाजिक सञ्जालको लतबाट टाढा राख्न, पढाइको बोझबाट रिफ्रेस गराउन पनि नृत्य सिकाउन जरुरी छ । यसले स्मरणशक्तिसमेत बढाउँछ ।  
  • नृत्यले मानिसलाई निश्चत रुटिनमा चल्न र अनुशासनमा राख्न सहयोग गर्छ । समूहमा नृत्य गर्दा मानिसलाई सामाजिक हुन सहयोग मिल्छ  र आत्मविश्वास वृद्धि हुन्छ । त्यसैले शारीरिक र मानसिक स्वास्थ्यका लागि यो महत्वपूर्ण छ ।