मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार १८:३२:००
Read Time : > 1 मिनेट
अर्थ

बेलायतको कम्पनी राष्ट्रबैंकसँग स्वीकृति लिएर चलाइएको हो : चन्द्र ढकाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार १८:३२:००

राष्ट्र बैंकको स्वीकृतिमा बेलायतमा खुलेको कम्पनीलाई जोडेर विदेशमा लगानी गरेको आरोप लगाइएको भन्दै आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले आपत्ति व्यक्त गरेका छन् । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टमा ढकालले बेलायतमा कम्पनी खोलेको आरोप लगाइएको छ । तर, उनले बेलायतमा कति लगानी गरेको भन्नेबारे रिपोर्टमा उल्लेख छैन । 


इन्टरनेशल कन्सोर्टिएम अफइन्भेष्टिगेटिभ जर्र्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध पाराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएर सिआइजेले रिपोर्ट बनानएको थियो । ‘तर, पाराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहिँ कतैबाट जोडिएको छैन,’ ढकालले बिहीबार पत्रकार सम्मेलन गर्दै बताए । कुनै पनि स्वीस बैंकमा आफ्नो र समूहको खाता नभएको ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको र समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको पनि ढकालले बताए । ‘कुनै स्वीस बैंकमा हाम्रो खाता र एक डलर पनि मौज्दात भेटिए त्यो सरकारले जफत गरोस्, त्यस्तो गैरकानूनी काम गरेको फेला पारे हामीलाई दण्डित गरियोस्,’ उनले भने ।  


कानुनले दिएको अधिकारहरु प्रयोग गरी राष्ट्रबैंककै स्वीकृतिमा खोलिएको कम्पनीलाई जोडेर भ्रम सिर्जना गरिसार्वजनिक छविमा क्षति पु¥याएको भन्दै उनले गम्भीर आपत्ती जनाए । वैधानिक बाटोबाट रेमिट्यान्स भित्र्याउन नेपालमा आइएमइ कम्पनी खोलेलगत्तै बेलायत र अन्य देशहरुबाट पनि कारोबार गर्न १७ जुन २००२ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना गरेको उनले बताए । सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको उनको भनाइ छ । त्यसबेला आफू कम्पनीको सञ्चालक रहे पनि २० जुलाई २०१० मा राजीनामा दिएको उनको भनाइ थियो । 


तर, त्यो कम्पनी स्थापना गर्न नेपालबाट लगानी बाहिर नलगेको उनको भनाइ थियो । ‘बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनीहो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं,’ उनले भने । अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन आफूहरुले १८ वर्षदेखि गरिरहेको पहललाई नजरअन्दाज नगर्न पनि उनले सचेत पारे । ‘राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब १४ खर्र्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ,’ उनले भने, ‘९० प्रतिशत रेमिट्यान्स अवैध बाटोबाट आइरहेकोमा अहिले ९० प्रतिशत वैध बाटोबाट आउन थालेको छ, त्यसरी मुलुकलाई योगदान दिनु नै अपराध हो भने हाम्रो भन्नु केही छैन ।’ 


समाचारमा आफ्ना भाइ हेमराज ढकालको नाम जोडिएकोमा पनि उनले आपत्ति व्यक्त गरे । ‘हेमराज गैरआवासिय नेपाली हुन् । उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायतलगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन् । नेपालको कानुनले गैर आवासीय नेपालीलाई विदेशमा लगानी गर्न बन्देज लगाएको छैन,’ उनले भने । बेलायती कम्पनीका सञ्चालक कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली मूलका बेलायती भएको उनको भनाइ छ ।