मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रका
२०७५ पौष २ सोमबार १३:३६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सकिराकाे फिटनेसका सुत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रका
२०७५ पौष २ सोमबार १३:३६:००

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका दौरान एक गीत बहुचर्चित बन्यो । ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ बोलको उक्त गीतकी गायिका थिइन्, कोलम्बियन पपगायिका साकिरा । सो समयमा साकिराको गायनशैलीसँगै उनको फिगरको समेत विश्वभर खुब तारिफ भयो । उक्त विश्वकपलगत्तै स्पेनिस फुटबलर जेरार्ड पिकेसँग जोडी बाँधिएकी साकिरा हाल ४१ वर्ष पुगिसकिन् । दुई बच्चाकी आमासमेत बनिसकिन् । तर, ८–१० वर्षअघिकी साकिरा र अहिलेकी साकिरामा केही फरक पाइँदैन । उनी अझै सुन्दर छिन् र शतप्रतिशत फिट पनि । अब जानौँ उनको फिटनेसको राज :

व्यायाम

साकिरा बिहान उठ्नेबित्तिकै र बेलुका सुत्नुभन्दा अघि दैनिक ३० मिनेट व्यायाम गर्ने गर्छिन् । उनको व्यस्त सेडुल छ । कामका सिलसिलामा धेरै ठाउँ जानुपर्ने हुन्छ । यसका बाबजुद पनि उनले कामबाट फुर्सद निकालेर व्यायाम गरेकै हुन्छिन् । बच्चा जन्माएपछि पनि आफ्नो शरीरलाई पहिलेकै सेपमा ल्याउन साकिराले स्टप किक स्टेप लन्ज, पल्स एब व्यायाम (जुन खुट्टालाई सेपमा राख्न गरिन्छ), पुस अप, थ्रेबन्ड चेस्ट ओपनर आदिजस्ता अभ्यास गरिन् । अनि, ६ महिनामै पुरानै अवस्थामा फर्किइन् । 

सन्तुलित भोजन 

साकिरा ल्याटिन अमेरिकी हुन् । ल्याटिन अमेरिकीहरू कार्बोहाइड्रेटयुक्त खाना र मासु खान रुचाउँछन् । तर, साकिराको भोजनको मेनु फरक छ । उनले पाँचपटक लगाएर दिनमा जम्मा दैनिक दुई सयदेखि तीन सय क्यालोरी मात्र पाइने खाना खान्छिन् । सामान्यतया यस्तो खाना कम सुत्ने मानिसलाई खान सुझाब दिइन्छ । उनको खानामा चिकेन, हरियो सलाद, लेमन जुस, गाँजर र काँक्रा अनिवार्य हुन्छ ।

दिउँसो आधा कप क्विनोआ (काउली स्टाइलको एक प्रकार तरकारीको जुस)को साथमा अन्य केही तरकारी खाने गर्छिन् । फर्सीको बियाँ, जैतुनको तेल र विभिन्न चकलेटसमेत उनको रोजाइमा पर्छ । 

खेलकुद

साकिरा खेलकुदलाई फिटनेसको गतिलो स्रोत मान्छिन् । टेनिस, स्क्वाइस र पेडल बोर्डिङ उनलार्ई मन पर्ने खेल हुन् । यी खेल उनी सधैँ खेल्ने गर्छिन् । साथै, समय मिलेसम्म ब्यालेट कम्बो, किक–बक्सिङ, हिपहपसमेत खेल्न रुचाउँछिन् ।

नृत्य

नृत्यले सम्पूर्ण शारीरिक बनावटसँग सम्बन्ध राख्छ । नाच्नु पनि व्यायामकै एक पाटो भएकाले यसले शरीर सन्तुलन राख्नमा सहयोग पु¥याउँछ । यो बुझेकी साकिरा नाच्न खुब मन पराउँछिन् । फुर्सदको समयमा डान्स अभ्यास गर्छिन् । नृत्य उनको सौन्दर्य बढाउन झनै सहयोगी बनेको छ ।