मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २० सोमबार १९:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृहमन्त्रीले भने- गृहसचिवबाट राजीनामा दिएका राईलाई नयाँ जिम्मेवारी दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २० सोमबार १९:५२:००

गृहमन्त्री रामबहादुर थापाले गृहसचिवबाट राजीनामा दिएका प्रेमकुमार राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएकाे बताएका छन् । मन्त्रालयमा सोमबार राईको बिदाइ कार्यक्रममा थापाले यस्ताे खुलासा गरेका हुन् ।

२२ महिना गृहसचिवको जिम्मेवारी सम्हालेका राईले आइतबारदेखि लागु हुने गरी राजीनामा दिएका थिए । ‘उहाँ गृहसचिवबाट मात्रै बिदाइ हुनु भएको हो,’ गृहमन्त्री थापाले भने, ‘उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदै छौँ ।’ गृहमन्त्री थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी भएकाे अनुमान गरिएकाे छ । थापाले राईको इमान्दारी, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताए । 

बिदाइ कार्यक्रममा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको उल्लेख गरे । प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रकृयालगायत सुधारका काम आफ्नो कार्यकालमा भएको उनले बताए । उनले अवकाश हुनुभन्दा ३ दिनअगाडि राजीनामा दिएका थिए ।