मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं
२०७६ माघ २० सोमबार ११:१४:००
Read Time : < 1 मिनेट
समाचार

फागुन १४ को स्ववियु निर्वाचन : क्याम्पसमा सभापतिबारे चर्चा 

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ २० सोमबार ११:१४:००

स्वतन्त्र विद्याथी युनियन निर्वाचनको मिति त्रिभुवन विश्वविद्यालयले १४ फागुनका लागि तोकेको छ ।यतिबेला विद्यार्थी नेताहरू उक्त निर्वाचनको तयारीमा जुटेका छन् । त्रिविका सबै आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व कसले लिने भन्नेमा विद्यार्थीमा समेत जिज्ञासा रहेको छ ।

उनीहरूका शैक्षिक मुद्दा, आन्दोलन र हक अधिकारलाई सम्बोधन गर्न सक्षम नेतृत्व अबको स्ववियू निर्वाचनले जन्माउन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि बहसमा रहेको छ । विगतमा भन्दा यस पटकको स्ववियु निर्वाचन विद्यार्थी, विद्यार्थी नेता र शीर्ष नेतृत्वसमेतका लागि चाखलाग्दो देखिएको छ । 

किनभने विगतमा छुट्टा–छुट्टै झन्डा बोकेर निर्वाचनमा होमिने अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) अब एउटै झन्डाबाट निर्वाचनको तयारीमा जुटेका छन् । साविक माउ पार्टीरू नेकपा (एमाले), र नेकपा (माओवादी केन्द्र) बीच भएको एकताले पहिलेका अलग यी दुई विद्यार्थी सङ्गठनलाई पनि एकै ठाउँमा उभ्याएको छ ।

नेपाली राजनीतिमा प्रभावशाली र शीर्ष नेताहरू जन्माउन सफल रत्नराज्यलक्ष्मी क्याम्पस, ल क्याम्पस, पृथ्वीनारायण क्याम्पस र कोटेश्वर क्याम्पससहित देशका सबै त्रिवि आङ्गीक क्याम्पसहरूमा आगामी सभापति को बन्ला भन्ने चर्चा चलेको छ ।