मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका एजेन्सी
२०७६ माघ २० सोमबार १०:४८:००
Read Time : < 1 मिनेट
विश्व

एचआइभी र फ्लूको औषधि दिएर कोरोना संक्रमितको सफल  उपचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका एजेन्सी
२०७६ माघ २० सोमबार १०:४८:००

थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएका छन् । आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाकाे एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएकाे छ ।

राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया काेराेना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको बताएका छन् । उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो । डाक्टरका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो । पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो ।

‘उपचारका लागि आउँदा उनी गम्भीर अवस्थामा थिइन्, तर नतिजा सन्तोषजनक रह्यो । बिरामीको अवस्था ४८ घण्टामै निकै सुधार आयो र परीक्षण गर्दा उनको शरीरमा कोरोनाको संक्रमण नराकात्मक देखियो’ डा. एटिपार्नविचलले भने । अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पताल स्रोतले बताएको छ । 

अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्थोनी फोसीले कोरोना भाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको केही समयअगाडि बताएका थिए । बेइजिङका अस्पतालहरुले एचआइभी संक्रमितलाई दिने औषधिको प्रयोग गरेर कोरोना संक्रमितको उपचार सफल भएपनि यो अस्पष्ट रहेको बताएका छन् ।

सिएनएन डट कमबाट