मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २० सोमबार ०७:५२:००
Read Time : > 1 मिनेट
अर्थ

नबिल बैंकको ‘सजिलो एक्सप्रेस कर्जा’ प्रदेश ५ बाट पनि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २० सोमबार ०७:५२:००

नबिल बैंकले सञ्चालन गरेको नबिल सजिलो एक्सप्रेस कर्जा योजना प्रदेश ५ बाट पनि लिन सकिने भएको छ । बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा यो योजना ल्याएको प्रदेश ५ मा योजना सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । उक्त नयाँ एसएमई कर्जा बागमती प्रदेशबाट यसअघि नै लागू भइसकेको छ । 

प्रदेश नम्बर ५ मा योजनाको शुभारम्भ गर्न आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीको अवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले योजना ल्याइएको बताए । उनले भने, ‘हामी यहा“हरूको समय र व्यवसायिक सपनाको सम्मान गर्छाैँ । त्यसैले कर्जा प्रशोधन प्रक्रियालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजना अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौँ ।’

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युके एड सक्षम एक्सेस टु फाइनान्स मिलेर सहकार्य गरिरहेका छन् । यसै क्रममा नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको जनाएको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने पहिलो बैंक बन्न पुगेको बैंकले दाबी गरेको छ । 

 ७५ लाखसम्म कर्जा  ३५ घन्टाभित्र स्वीकृत 

कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घन्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको जनाइएको छ । योजनाले साना, लघु तथा घरेलु उद्यम गर्न चाहने साना लगानीकर्तालाई विशेष गरी फाइदा पुग्ने बैंकको विश्वास छ । बैंकले १० दशमलव ५ प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ ।

 यस कार्यक्रममा न्यूनतम १५ लाखदेखि अधिकतम ७५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुने बैंकले जानकारी दिएको छ । नबिल सजिलो एक्सप्रेस कर्जा योजनाअन्तर्गत निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्डलगायत सुविधासमेत उपलब्ध छ ।