१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १६:५९:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरसकाे खोपबारे अनुसन्धान गर्न चिनियाँ धनाढ्य ज्याक्माले दिए डेढ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १६:५९:००

पछिल्लो समय विश्वभर त्रासको रुपमा फैलिएकाे कोरोना भाइरसविरुद्धको खोप अनुसन्धानका लागि चीनका एक धनाड्यले ठूलो रकम दान गरेका छन् । चीनको सबैभन्दा ठूलो इन्टरनेट किनमेल कम्पनी अलिबाबाका मालिक ज्याक माले करिब १ करोड ४० लाख डलर (१ अर्ब ६० करोड रुपैयाँ) दान गरेका हुन् ।

यसमध्ये उनले ५८ लाख डलर चीन सरकारको स्वामित्वमा रहेको एक अनुसन्धानरत संस्थालाई दिएका छन् । बाँकी रकम नोबेल कोरोना भाइरसको रोकथाम एवं उपचारका लागि खर्च गर्ने भएका हुन् ।

यद्यपी कोरोनाविरुद्ध कुनै किसिमको औषधि एवं खोप पत्ता लाग्न सकेकाे छैन । कुनै कम्पनीहरूले कोरोनाविरुद्धको खोप पत्ता लगाउन आफू सक्षम हुने दाबी गर्दै तीव्र अनुसन्धान एवं परीक्षण गरिरहेका छन् । कोरोना संक्रमित व्यक्तिलाई गम्भिर किसिमको निमोनिया जस्तो समस्या र श्वासप्रश्वाससम्बन्धी समस्या हुने गर्छ । एजेन्सी