Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार

गाउँ कमिटी अध्यक्षमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १२:३०:००

राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले सरकारले आफ्ना दलका सदस्यमाथि कुटपिट गर्ने पत्ता नलगाए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उनले डडेल्धुरा आलितालका नेकपा गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र प्रसाद जोशीमाथि भएको घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् । 

‘नेकपाको मार्गदर्शक सिद्धान्त र मार्गदर्शनले कसैलाई जलन हुन्छ भने बहस गरोस्,’ विशेष समयमा बोल्दै उनले भने, ‘वडाको कार्यक्रममा जाँदै गरेको अवस्थामा कसैले हमला गर्छ भने नेकपाले पनि हातमा दहि जमाइरहने परिस्थिति हुन्न । सांघातिक हमला गर्न त्यहाँको पार्टी कमिटि पनि अगाडि बढ्ने हुँदा यथोचित उपचार र गृह मन्त्रालयले आवश्यक खोजतलाशी गरोस् ।’

उनले जोशीमाथि हमला गर्नेलाई धीघ्र कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे । जोशीमाथि शुक्रबार वडाको कार्यक्रममा जाँदै गर्दा मुखुण्डोधारीले आक्रमण गरेका थिए । 

जोशीको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट छ । उनी शिक्षण अस्पतालमा उपचाररत छन् ।