मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका गाेरखा
२०७६ माघ १९ आइतबार ०७:५३:००
Read Time : < 1 मिनेट
समाचार

टिपरको ठक्करबाट मृत्यु हुने मनमाया परिवारलाई १५ लाख क्षतिपूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका गाेरखा
२०७६ माघ १९ आइतबार ०७:५३:००

गोरखा नगरपालिका–१० छेवेटारमा शुक्रबार टिपरको ठक्करबाट मृत्यु हुने मनमाया तामाङको परिवारलाई क्षतिपूर्तिबापत १५ लाख तथा चालकलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको छ । 

जिल्ला प्रशासन कार्यालयको संयोजनमा पीडित पक्ष र क्रसर उद्योगीबीच भएको वार्तामा क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । 

टिपरचालकलाई कानुनअनुसार कारबाही गर्ने, तर अवैध क्रसर उद्योग बन्द गर्ने बारेमा कुनै निर्णय नभएको उनको भनाइ छ । वार्ता सहमतिमा टुंगिएसँगै मृतकका आफन्त तामाङको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याउन सहमत भएका थिए । अवैध रूपमा सञ्चालित गोरखकाली क्रसर उद्योग परिसरमा टिपरको ठक्करबाट शुक्रबार बिहान अमलापानीकी ५२ वर्षीया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । 

घरबाट दूध बेच्न हिँडेकी उनलाई ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । तामाङलाई टिपर ‘ब्याक’ गरेर किचेर मारेको स्थानीयको आरोप छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर, एक्साभेटर र ब्याक्हुलोडरलगायतको सवारीसाधनमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार १८ वटा टिपर, ६ वटा जेसिभी र एउटा एक्साभेटरमा क्षति पुगेको छ ।