१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ १८ शनिबार १८:२६:००
Read Time : > 1 मिनेट
समाचार

नेपालमै रेल प्राविधिक उत्पादन गर्ने तयारी 

Read Time : > 1 मिनेट
२०७६ माघ १८ शनिबार १८:२६:००

नेपालमा रेलको चर्चा हुन थालेको निकै भयो । तर, रेलका लागि चाहिने जनशक्ति भने नेपालमा कम छ । रेलका लागि चाहिने जनशक्ति भारतबाट मगाउनु पर्ने अवस्था छ । नेपालमा रेलका चालक, सहचालक र अन्य प्राविधिक नहुँदा नेपाली रेल चलाउने अधिकांश प्राविधिक भारतीय हुनेछन् ।

तर अब रेल प्राविधिक उत्पादनका लागि नेपालमै तयारी सुरु भएको छ । शिक्षा मन्त्रालयले डेढ महिनाअघि इञ्जिनिरिङ विषयमा अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । समिति संयोजक त्रिरत्न बज्राचार्य भन्छन्, ‘एक महिनाको समय दिइएको थियो । तर समय बितिसक्यो । प्रदेश २ मा पुगेर सामान्य अध्ययन गरिसकेका छौं । प्रदेश ५ र सुदूरपश्चिममा पुग्न सकेका छैनौं ।’ अध्ययन गर्न समय लाग्ने उनको भनाइ छ ।

विश्विद्यालय अनुदान आयोगको सहयोग र शिक्षा मन्त्रायलको निर्देशनमा त्रिभुवन विश्वविद्यालयलाई अध्ययनको जिम्मेवारी दिएको हो । प्रदेशपिच्छे विशिष्टिकृत इञ्जिनियरिङ क्याम्पस खोल्ने विषयमा अध्ययनका लागि समिति गठन गरिएको हो । समितिलाई इञ्जिनिरिङ क्याम्पस खोल्ने विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । प्रदेश र स्थान तोकेर त्यस विषयमा विस्तृत योजना समितिले विश्वविद्यालयसामु राख्नेछ । संयोजक बज्राचार्यका अनुसार प्रदेश २ मा रेल इञ्जिनिरिङ खोल्ने सम्भाव्यता अध्ययन सुरू भएको छ ।

आंगिक क्याम्पसलाई विशिष्टिकृत गर्दै जाने योजनाअनुसार उक्त प्रदेशमा रेल इञ्जिनियरको सम्भावना अध्ययन गरिने बज्राचार्यले बताए । नेपाल इञ्जिनियर्स एसोसिएसनका अध्यक्षसमेत रहेका बज्राचार्य नेपालका साथै अन्य देशले समेत रेलवे परियोजनामा रूची लिइरहेका बेला रेलवे इञ्जिनियरिङ अध्यापन उचित हुने बताउँछन् ।

‘हामी रेल सम्बन्धि प्राविधिक भर्खर मात्र पढ्न पठाइरहेका छौँ,’ उनले भने, ‘तर छात्रवृत्तिमा पढ्न गएका जनशक्ति पर्याप्त छैनन् । अहिले विदेशबाट रेलसम्बन्धी पढेर आएका सरकारी इञ्जिनियर ५–६ जना मात्र छन् ।’ आफ्नै देशका प्राविधिक भए राम्रो नतिजा आउने र रेलसेवा प्रभावकारी बन्ने उनको भनाइ छ ।