Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १८ शनिबार १७:३१:००
Read Time : < 1 मिनेट
विश्व

अस्ट्रेलियाको आगालागीमा करिब ३० हजार कंगारूसहित करोडाैँ जीवको मृत्यु, तर शंखेकिरा जिवित फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १८ शनिबार १७:३१:००

अस्ट्रेलियामा विगत ६ महिनादेखि लागेको आगालागीमा परी अहिलेसम्म करिब एक करोड जीवको मृत्यु भइसकेको छ । तर 'न्यू साउथ वेल्स'को पहाडमा एक प्रकारको शंखेकिरा जिवित फेला  परेको छ । शंखेकिरा फेला परेको स्थान आगोलागीमध्ये सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको छ ।

उक्त शंखेकिरा विश्वमा 'न्यू साउथ वेल्स'को एक पहाडमा मात्रै पाइने समाचारमा जनाइएको छ । यसभित्र पनि तीन प्रजाति रहेका छन्, जुन सबै मांसाहारी हुन् । यो जीव सन् २०१३ मा पहिलो पटक देखिएको थियो । यसको लम्बाई करिब २० सेन्टिमिटर हुन्छ ।

आगोलागीले १८ हजार हेक्टरको क्षेत्रफलको जंगलमा पूर्ण क्षति पुगेको थियो । तर, 'नेसनल पार्क्स एण्ड वाइल्ड सर्विस'का कर्मचारीले उक्त शंकेकिरा ६० स्थानमा देखेको जनाएका छन् । एक कर्मचारी फ्रान्क कोहलरका अनुसार शंकेकिरा पर्वतको चट्टानी क्षेत्रमा देखिएको हो । आगोले करिब ९० प्रतिशत जंगल नष्ट गरे पनि उक्त शंखेकिरा देखिएपछि कर्मचारी अनौठोमा परेका थिए । 

आगोले पर्यावरणमा कति नोक्सान पुर्‍यायो ?

पछिल्लो हप्तामा प्रकाशित पर्यावरण तथा ऊर्जा विभागको आँकडाअनुसार ४९ प्रतिशत जीव, ८० प्रतिशत पानीमा बस्ने जीव नष्ट भएको छ । यस्तै, आगोले ६५ प्रतिशत प्रजातिहरूको आवासमा संकेट परेको छ ।

आगोले १६ प्रकारको जंगली जनावर, १४ प्रकारको भ्यागुता, ९ प्रकारको पंक्षी, ७ प्रकारको घर्सिने जीव, ४ प्रकारको किरा र ४ प्रकारको माछा तथा एक प्रकारको माकुरा पूर्ण रूपमा नष्ट भएको छ । आगोमा परी अस्ट्रेलियामा मात्रै पाइने कोआला प्रजातिको जीव बढी मात्रामा नोक्सान भएका छन् । न्यू साउथ वेल्समा मात्रै ८ हजार कोआला र ३० हजार कंगारू मरेको हुन सक्ने अनुमान गरिएको छ ।

- एजेन्सी