मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १८ शनिबार १६:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमसीसीमा आपत्ति जनाउनु आवश्यक छैन : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १८ शनिबार १६:४३:००

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एमसीसीको मूलभुत उत्तराधिकारी नेपाल सरकार हुने भएकाले यसमा आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । 

उक्त परियोजनामाथिको सबै अधिकार नेपाल सरकारमा निहित हुने भएकाले त्यसमा आपत्ति जनाउनु आवश्यक नरहेको उनले बताए ।

नेकपाको केन्द्रीय कमिटी बैठकस्थलमा नयाँ पत्रिकासँग कुरा गर्दै उनले एमसीसीमा केही कमी कमजोरी भए सच्याएर जाुनपर्ने सुझाव बैठकमा आएको जानकारी दिए ।

पार्टी एकता भए पनि साथीहरुबीच सम्बन्ध सुमधुर बनाउन केन्द्रीय कमिटी बैठकले अत्यन्त सकारात्मक भूमिका खेलेको उनको भनाई थियो । ‘यो केन्द्रीय कमिटी बैठकमा सबै सदस्यको भावनात्मक सम्बन्ध विकास भएको छ,’ उनले भने, ‘यसले एकतालाई अझ मजबुत बनाएको छ ।’ बैठकपछि उत्साहित देखिएका उनले पार्टीका साथीहरुको एकताले आगामी तीनै तहको चुनावी नतिजा अझ राम्रो हुने दाबी गरे ।

अर्काे प्रसंगमा उनले कोरोना भाइरसका कारण भ्रमण वर्ष २०२० लाई असर गरेको जस्तो देखिएको स्वीकार्दै भने, ‘प्रारम्भमा असर गरे पनि यो उत्साहजनक रुपमा सम्पन्न हुन्छ ।’