मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १८ शनिबार १४:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

काेरोना भाइरसकाे कारण पर्यटन क्षेत्रमा नकारात्मक असर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १८ शनिबार १४:०२:००

काेरोना भाइरसको कारण पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयका सचिव केदार बहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताएका छन् । 

उनले नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि नकारात्मक खवरहरुले पर्यटन क्षेत्रलाई असर गरेको बताए । ‘नेपालमा एक जनालाई कोरोना भएको पुष्टि भएको थियो । उहाँ पनि उचारबाट फर्किनुभएको छ । अन्य ५ जनामा आशंका गरिएको थियो तर सबैमा नेगेटिभ देखियो । नेपालमा कोरोनाको प्रभाव छैन्’, उनले भने, ‘तर समाचारमा फलना होटलको यति बुकिङ क्यान्सिल, यति प्रतिशत व्यापार घट्यो भन्ने जस्ता नकारात्मक समाचारले नराम्रो सन्देश गएको छ ।’

समाचारको उद्देश्य राम्रो भएपनि यसबाट पर्यटकहरुमा नेपालमा भ्रमण गर्न सुरक्षित छैन भन्ने सन्देश जाने उनले बताए । चीनले समेत वुहानबाहेक अरु ठाउँ सुरक्षित रहेको र नेपालमा जस्तो पर्यटकको संख्या यतिले घट्यो, आउन छोडे भन्ने खालका समचार नआएको बताए । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले सहि र तथ्यगत सूचना आदानप्रदान अहिलेको आवश्यकता भएको बताए । सबैमाझ सहि सूचना आदानप्रदान गर्ने र नेपाल नाउ डट ओआरजी नामक वेवसाईटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटकहरु आफैले आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उनले बताए ।

'प्रेस रिलिजले मात्रै अब काम गर्दैन् । विभिन्न ७, ८ वटा जानकारी मूलक सूचनाहरु राखेर इन्फाेग्राफिक्स नै प्रकाशनमा ल्याउनुपर्याे । नेपालमा कोरोना भाइरसको खतरा छैन् । चीन र नेपालको दुरी यति हो । जस्ता जानकारी दिने गरी प्रकाशन गर्नुपर्याे ’, उनले भने । 

चीनको वुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकहरुमा फैलिसकेको छ । नेपालमा एकजनामा कोरोनाको संक्रमण देखिए पनि उनी उपचारबाट फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत विशेष निगरानी बढाएको जनाएको छ ।