१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १८ शनिबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार

नियम विपरित संचालन भएका सर्लाहीका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन 

Read Time : < 1 मिनेट
२०७६ माघ १८ शनिबार १२:१४:००

सर्लाहीका सबै ९ वटा क्रसर उद्योगलाई प्रशासनले बन्द गर्न निर्देशन दिएको छ ।  अनुगमनमा उद्योगको मापदण्ड विपरित संचालन भएको देखिएकाले बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको नेतृत्वमा अनुगमन गर्दा सबै क्रसर उद्योग राज्यले निर्धारण गरेको नियम पालना नगरेको भेटिएको बताए । 

‘जिल्लामा कुनै पनि क्रसर नियम कानुन बमोजिम संचालन भएको पाइएन,’ जिसीले भने, ‘कुनै गाउँ नजिक, कुनै नदी किनारमा, कुनै विद्युतको हाईटेन्सन नजिक नियम विपरित संचालन भएको भेटियो ।’

ती क्रसर उद्योगलाई तत्काल बन्द गर्न र नियम पुरा गर्न निर्देशन दिएको जिसीले बताए । 

क्रसर उद्योग संचालन ऐन र कार्यविधि पुरा नगरेसम्म ती संचालन नगर्न प्रशासनले निर्देशन दिएको हो । 

‘हामीले ९ वटै उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिएका छौ,’ उनले भने, ‘तोकिएको मापदण्ड, ऐन नियम परिवर्तन भएमा वा यस्तै अवस्थामा पनि सरकारले संचालनको आदेश जारी दिएमा बाहेक क्रसर उद्योग संचालन गर्न पाउँदैनन् ।’ 

सर्लाहीमा २० वटा क्रसर उद्योग दर्ता भएपनि ९ वटा मात्र नियमति संचालनमा रहेका छन् । अधिकांस क्रसर उद्योग नविकरण भएका छैनन् । 

क्रसर उद्योग संचालन ऐन 
क्रसर उद्योग संचालनको लागि राजमार्गबाट पाँचसय मिटर, नदी किनारबाट पाँच सय मिटर, हाई टेन्सन लाईनबाट सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट दुई किलोमिटर दुरीमा उद्योग रहनुपर्ने मापदण्ड तोकिएको छ । 

जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले अधिकांश क्रसर उद्योगले मापदण्ड पुरा नगरेको बताए ।