मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ १८ शनिबार ११:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण

Read Time : < 1 मिनेट
२०७६ माघ १८ शनिबार ११:५९:००

सिरहाको चोहर्वास्थित नेपाली सेनाको शेर गणले निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरेको छ । 

सुखीपुर नगरपालिका ८ स्थित जनता मा.वि.को प्राङ्णमा शुक्रबार प्रदेश नं. २ सरकारद्वारा संचालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरी साक्षरता शिक्षा बिमा कार्यक्रमसँगै स्वास्थ्य शिविर संचालन गरिएको हो । शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्र कुमार गौलीका अनुसार शिविरमा ९३ जना एक वर्ष मुनिका बालबालिकासहित एक सय ६० महिला पुरुष गरी दुई सय ५३ जनाको स्वास्थ्य परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 

सिरहा अस्पतालका मेडिकल अधिकृत डा. दिलिप कुमार सदा, औरहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डा. नविन साह र चोहर्वास्थित नं. २७ बाहिनी अन्तर्गत फिल्ड एम्बुलेन्स गुल्मका मेडिकल टिमले बालबालिकाहरुको स्वास्थ्य जाँच गरेको हो । शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरणसँगै कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक प्रस्तुतीसहित नेपाली सेनामा रिक्त विभिन्न पदमा नयाँ भर्नाका लागि युवा युवतीहरुलाई अभिप्रेरित गरिएको थियो । 

सुखीपुर नगरपालिका प्रमुख रामऔतार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सगरमाथा बोर्डिङ् स्कुल र स्वस्तिक पाठशाला सिरहाका १५/१५ जना जुनियर डिभिजन एनसिसी क्याडेट छात्र छात्राहरु स्वयम्सेवकीय भूमिकामा परिचालन गरिएका थिए । सुखीपुर नगरपालिकाको सहकार्य, सिरहा अस्पताल र स्वास्थ्य कार्यालय सिरहाको सहयोगमा सेनाको टोलीले स्वास्थ्य शिविर संचालन गरेको हो ।