साहित्य, समाज सेवा र ब्यापारमा स्थापित राम लामा ‘अविनाशी’ ले नयाँ कविताकृति ‘पिल्सिएको परदेशी मन’ पुस्तक प्रकासित भएकाे छ ।
नेपाली र अग्रेजी भाषामा एकै साथ एउटै संग्रहमा प्रकाशित पुस्तकमा लामाका २६ वटा कविता छ ।
नेपाली भाषामा रचना गरिएका यी कविताहरुको अंग्रेजी अनुवाद महेश पौड्यालले गरेका छन् । पिल्सिएको परदेशी मन कृतिको नामले नै प्राय सबै कविताहरुको मूल विषयलाई सफलतापूर्वक प्रतिबिम्मित गरेको छ ।
जब व्यक्ति आफ्नो रैथाने, भुमी, संस्कृति, समाज र प्रकृतिबाट टाढा पुग्दछ स्वभाविक रुपमा ती प्रति ऊ अझ संवेदनशील बन्दछ ।
संवेदनशिल मन अनुभूति गर्न सक्ने क्षमता र कवि मन भएको व्यक्तिलाई त, यी र यस्ता कुराहरुले अझ गहिरोसंग छुन्छ ।
कविले कविता संग्रहमा यसमा सफल भएका छन । प्रवासमा उनले प्रत्यक्ष परोक्ष, अरुले अनुभव गरेका परिदृश्यहरुको साक्षी बस्दाको अनुभुति र तिनको अभिव्यक्ति कविताहरुमा पाइन्छन् । ग्रामिण बिम्ब बोकेका अनुभूति र दृश्यचित्रले नेपालीपन र राष्ट्र प्रेम कविता देखिन्छ ।
लामो समय प्रवासमा बसेको भए पनि कविले नेपाली भाषाको मौलिकता र ठेटपनालाई कविताहरुमा प्रयोग गरेका छन् ।अंग्रेजी भाषामा समेत प्रकाशित यी कविताहरुले नेपाली भाषाको मिठास र मौलिकपनलाई अन्य भाषी पाठकसम्म पुर्याउन मद्धत गर्ने छ । (पुस्तक समीक्षा)