Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १७ शुक्रबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमणबाट सतर्कता अपनाउन कांग्रेसको अपिल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १७ शुक्रबार १८:१४:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबाट सतर्कता अपनाउन सार्वजनिक अपिल गरेका छन् ।  

कोरोनाका कारण ज्यान गुमाएका चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति नेपाली कांग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै सभापति देउवाले भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रसंसा गरेका छन् । 

संक्रमण सामना गर्न अन्य राष्ट्रले सुरु गरेको सतर्कतासँगै नेपालले पनि सतर्कता राख्नुपर्नेमा देउवाले जोड दिएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा सूचना सम्प्रेशण गर्न जरुरी रहको देउवाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

‘नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न म नेपाली कांग्रेसका साथीहरूसँगै सबै राजनितिक दल, संघ संस्था र सबै सञ्चार माध्यमहरूलाई बिशेष आग्रह गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।  

नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क राख्नुपर्ने बताउँदै देउवाले चीनबाट अन्य देशले आफ्ना नागरिक स्वदेश फिर्ता गराइरहँदा नेपाल सरकारले भने नेपालीलाई स्वदेश फर्काउन पहल नगरेकोप्रति आपत्ति जनाएका छन् । 

देउवाले वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारलाई अनुरोध गरेका छन् । सभापति देउवाले वुहानबाट उद्धार गरेर ल्याइएका नेपालीको स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने अवधिभर अलग्गै शिविर र केन्द्रको स्थापना गर्न सरकारलाई सुझाव दिएका छन् ।