१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १७ शुक्रबार १७:५४:००
Read Time : < 1 मिनेट
समाचार

भ्रमण वर्ष सफल बनाउँछौं : लालबाबु पण्डित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १७ शुक्रबार १७:५४:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने बताएका छन्  ।

शुक्रबार रिपोटर्स क्लब नेपालमा दोलखाको भीमेश्वर नगरपालिका २ दोलखास्थित् प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले ‘भ्रमण वर्ष–२०२०’ लाई सफल पार्नको लागि नेपाल सरकार, गैरसरकारी संस्था र व्यक्तिहरु सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

उनले भने,‘भ्रमण वर्षलाई असफल पार्नको लागि एक खालको समूह लागिपरेको छ । ती समूहलाई रोक्नको लागि सरकार प्रतिबद्ध र कटिबद्ध छ ।’

भ्रमण वर्ष सफल बनाउनको लागि वर्तमान सरकार गम्भीर भएर लागिपरेको उनको धारणा छ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्नको लागि त्यहीअनुसार काम गरिरहेको पनि पूर्व मन्त्री पण्डितले विश्वास दिलाए ।

फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानले आफूहरुको मुख्य लक्ष्य भनेको नेपाल सरकारले घोषणा गरेर अघि बढाएको ‘भिजिट नेपाल–२०२०’ लाई सफल तुल्याउन भूमिका खेल्ने र कलाकार रेवन सापकोटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा अघि बढाउनु रहेको सुनाए ।

कलाकार रेवन सापकोटाले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्षलाई सफल बनाउन प्रचारप्रसारको लागि विभिन्न देशसमेत पुगेको सुनाए ।