मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केशव गुरुङ गाेरखा
२०७६ माघ १७ शुक्रबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रोकिएन टिपर आतंक : गोरखामा टिपरको ठक्करबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
केशव गुरुङ गाेरखा
२०७६ माघ १७ शुक्रबार ११:१०:००

गोरखामा अवैधरुपमा सञ्चालित एक क्रसर उद्योग परिसरमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । गोरखा नगरपालिका–१० छेवेटाबरमा टिपरले ठक्करबाट स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

शुक्रबार विहान दुध बेच्न हिडेकी तामाङलाई ग१ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको डिएसपी बासुदेव खडिवडाले जानकारी दिए । उनका अनुसार टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनापछि आक्राेशित बनेका स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थानीयहरुले उक्त क्रसर उद्योेग बन्द गर्न र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।