मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १९:५७:००
Read Time : < 1 मिनेट
विश्व

सूर्यको स्पष्ट तस्बिर लिन वैज्ञानिकहरू सफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १९:५७:००

वैज्ञानिकहरूले पहिलाे पटक सूर्यकाे स्पष्ट सहतकाे तस्बिर लिन सफल भएकाे छ । याे तस्बिर 'नेशनल साइन्स फाउण्डेशन (एनएसएफ)का वैज्ञानिक डेनियलले 'इनौय टेलिस्कोप'काे माध्यमबाट लिएका थिए ।

तस्बिरमा सूर्यकाे सतह खण्ड-खण्ड रहेकाे देखिएकाे छ । वैज्ञानिकका अनुसार सूर्यमा रहेकाे हरेक खण्ड फ्रान्सकाे क्षेत्रफलभन्दा बढी रहेकाे छ । टेलिस्कोपले सूर्यकाे ३० किलाेमिटर क्षेत्रफललाई तस्बिरमा समेटिएकाे छ । यसमा लागि अमेरकाकाे हवाई भन्ने स्थानकाे एक पहाडमा टेलिस्कोप राखिएकाे थियाे । सूर्य र पृथ्वीबीचकाे दुरी करिब १५ कराेड किलाेमिटर रहेकाे छ ।

तस्बिरमा सूर्यकाे सतहमा धेरै खण्डहरू रहेकाे देखिएकाे छ । जसकाे दुरी सयाै किलाेमिटर भएकाे अनुमान गर्न सकिने समाचारमा जनाइएकाे छ । वैज्ञानिक थाेमस रिममेले भने, "तस्बिरमा सूर्यकाे सतह स्पष्ट देखिन्छ ।" वैज्ञानिकहरूले सूर्यकाे तस्बिरसँगै भिडियाेसमेत संकलन गरेकाे छ । जसले सूर्यबारे थप अध्ययन गर्न सहज हुने विश्वास गरिएकाे छ । एजेन्सी