१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १६ बिहीबार १६:३३:००
Read Time : > 1 मिनेट
साहित्य

पूर्वमन्त्री जबेगूको कथा संग्रह ‘साप्थबा’ बजारमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १६ बिहीबार १६:३३:००

पूर्वमन्त्री श्रीप्रसाद जबेगूको कथा संग्रह ‘साप्थबा’ बजारमा आएको छ । सातदोबाटोस्थित चुम्लुङहीमा प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैराँगी काइला, पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री राम कार्की, डा. देवी क्षेत्री दुलाल लगायतले पुस्तकको लोकार्पण गरेका हुन् । 

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइँलाले नेपाली साहित्यमा मातृभाषाबाट कृतिको नामाकरणले नयाँ आयाम थपिएको बताए । उनले भने ‘श्रीप्रसाद जबेगूको कथा भन्ने तरिका राम्रो छ । राजनीतिमा मात्र होइन उहाँले साहित्यमा समेत ठूलो योगदान गर्न सक्ने सम्भावना छ ।’ पूर्वमन्त्री कार्कीले संग्रहमाथि समिक्षा गर्दै कार्लमाक्सले पनि बाल दागको कवितालाई लिएको तथ्य सबैलाई जानकारी नभएकोले कम्युनिस्टहरु साहित्य, कला र मनोरञ्जनतर्फ ध्यान हुँदैनन् भन्ने आरोप लाग्ने गरेको बताए । उनले भने, ‘तर त्यो गलत हो । कार्लमाक्र्स, लेनिन र माओ साहित्यको ठूलो पारखी थिए ।’ कार्कीले अझैँ थपे, ‘युरोपियन देशमा जातीय विभेद यतिसम्म थियो कि, सेता मान्छेहरुले काला जातीलाई मारेर अस्पतालमा मेडिकल सम्बन्धि अध्ययन गर्ने विद्यार्थीहरुलाई तिनीहरुको अङ्ग उदाहरणका रुपमा देखाएर पढाउने समेत गर्दथे, नेपालमा भने त्यस्तो अवस्था होइन, तैपनि जातीय विभेद नै छैन भन्ने चाँहि होइन ।’

अर्का समीक्षक डा. देवी क्षेत्री दुलालले नेपाली साहित्य क्षेत्रमा मात्र नभइ लिम्बुहरुको योगदान राष्ट्रिय राजनीतिमा पनि इतिहासदेखि वर्तमानसम्म उल्लेख्य रहेको चर्चा गरे । उनले भने, ‘जबेगूद्वारा लिखित ‘साप्थबा’मा संग्रहीत कथाहरु ग्रामीण भेगमा पिछडिएका, गरिब, निमुखा, असाह्य, अशिक्षित समुदायको यर्थाथपरक जीवन संर्घषलाई सरल एवं सुन्दर तवरले कथामा बुनेको हुनाले, कथाकार जबेगुमा लेखन क्षमता अब्बल रहेका छन्  ।’

कथाकार जबेगूको यो दोस्रो कृति हो । यस अघि उनको निबन्ध संग्रह ‘लिम्बुवान : लिम्बू कि लिम्बुवानवासी’ २०७३ मा प्रकाशति छ । यस कथा संग्रहमा राजनिति, सामाजिक र साँस्कृतिक रुपान्तरणको माग गर्ने १५ कथाहरु छन् । पुस्तक सन्तवीर नेम्बाङ र शकुन्तला नेम्बाङले प्रकाशित गरेका हुन । याक्थुङ लेखकसंघले आयोजना गरेको विमोचन कार्यत्रम संघका महासचिव टंक सेलिङको अध्यक्षता र सदस्य रोहित आङ्बोले सञ्चालन गरेका थिए ।