मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १६ बिहीबार ११:४८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण लोकप्रिय छ लुकामारी

Read Time : < 1 मिनेट
२०७६ माघ १६ बिहीबार ११:४८:००

धेरैसँग बाल्यकालमा लुकामारी खेलेको अनुभव हुन्छ । यो खेल निकै रमाइलो हुन्छ र संसारभर लोकप्रिय छ । खासमा यो खेलले बालबालिकालाई शारीरिक अभ्यास गराउने मात्र होइन, नयाँ कुरा पनि सिकाउँछ । बालबालिकालाई यो खेलमा यति धेरै मज्जा हुन्छ कि तपाईं आफ्नो बच्चासँग कहिलेकाहीँ घन्टौँ लुकामारी खेल्न सक्नुहुन्छ ।

एक सिद्धान्तअनुसार यदि कुनै चिज बच्चाको नजरबाट केही समय गायब भएर फर्कियोे भने उनीहरू अचम्मित हुन्छन् । स्विस डेभलपमेन्ट साइकोलोजिस्ट जिन पिओजेले यस सिद्धान्तलाई ‘अब्जेक्ट पर्मानेन्स’ भनेका छन् र उनका अनुसार बच्चाले आफ्नो जीवनको दुई वर्ष यस्ता कुरा सम्झन खर्चेका हुन्छन् । जब हामी ठूलो हुन्छौँ तब कुन आवाज कहाँबाट आयो भनेर पत्ता लगाउन सक्छौँ । किनकि, यो हामीले बाल्यकालदेखि नै सिकेका हुन्छौँ । 

 

  •  लुकामारीले बच्चाको लगाव बढाउने काम गर्छ, उनीहरूको दिमाग तेज बनाउँछ, दृश्य पहिचान गर्ने क्षमता बलियो हुन्छ र सामाजिक विकासमा पनि सहयोग पुग्छ । 
  •  उनीहरूको सेन्स अफ ह्युमर पनि राम्रो हुन्छ । भलै, तपाईंलाई लुकामारी खेल्दा हाँसो नआउला, तर बच्चा निकै हाँस्छन् र त्यो देखेर तपाईंको मुहारमा पनि मुस्कान छाउँछ ।
  •  यस्तो खेल्दा बच्चाले आफ्नो लक्ष्य बुझ्ने अभ्यास सुरु गर्छन् । जस्तो, लुक्नका लागि उत्कृष्ट ठाउँ कहाँ हुनसक्छ भनेर उनीहरूले खोजी गर्छन् । यहाँ लुक्दा देखिन्छ भनेर अनुमान लगाउँछन् । यसले कल्पना शक्ति बढाउँछ ।