मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १६ बिहीबार ०८:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश ५ मा लगानी सम्मेलनको तयारी

Read Time : < 1 मिनेट
२०७६ माघ १६ बिहीबार ०८:३१:००

प्रदेश ५ सरकार लगानी सम्मेलनको तयारीमा जुटेको छ । आगामी वैशाख ४ र ५ गते हुने लगानी सम्मेलन अवधारणापत्र प्रदेश सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।  

बैठकले अवधारणापत्र स्वीकृतिसँगै ४ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।  लगानी सम्मेलन सम्पन्न गर्न मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ  ।

प्रदेशमा १२ खर्ब ७ अर्ब ८० करोड लगानी आवश्यक प्रदेश ५ सरकारको प्रथम आवधिक योजनाले लिएको वार्षिक औसत ९ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न १२ खर्ब ७ अर्ब ८० करोड लगानी आवश्यक रहेको आँकलन गरिएको छ ।