१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रामकुमार श्रेष्ठ पश्चिम नवलपरासी
२०७६ माघ १५ बुधबार १७:२२:००
Read Time : < 1 मिनेट
अर्थ

पश्चिम नवलपरासीमा सडक निर्माणका लागि ३८ करोड खर्चिदै

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ पश्चिम नवलपरासी
२०७६ माघ १५ बुधबार १७:२२:००

पश्चिम नवलपरासीमा सडक निर्माणका लागि यस आर्थिक वर्षमा झण्डै ३८ करोड रकम खर्च गरिंदै छ । 

प्रदेश ५ को भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयले नवलपरासीका विभिन्न स्थानका सडकहरुको निर्माण र मर्मतका लागि ३७ करोड ९५ लाख रुपैयाँ खर्च गर्न लागेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर ललित न्यौपानेले बताए ।

रकम बिनियोजन भएका अधिकांश सडकमा निर्माणको काम शुरु भएको र कतिपयमा ठेक्का प्रकृया अघि बढेको सडक पुर्वाधार विकास कार्यालयका प्राविधिक अधिकृत तेजप्रसाद अधिकारीले जानकारी दिए । 

पश्चिम नवलपरासीको सुनवलदेखि सुस्तासम्मका विभिन्न स्थानका २५ वटा नयाँ सडक निर्माण एवं सात वटा सडक मर्मतका लागि यो रकम विनियोजन गरिएको हो । २० लाख देखि १० करोडसम्मका लागतका २५ वटा सडकहरु यस आर्थिक वर्षमा अघि बढाईने  छ। 

पश्चिम नवलपरासीको जमुना चोकदेखि मझौनीसम्म बन्ने सडकलाई २० लाख रुपियाँ विनियोजित गरिएको छ । सुनवलको तुरिया खोला पुलदेखि रामग्राम नगरपालिकाको तोनवासम्म जोडने १६ किलोमिटरको सडक निर्माणका लागि १० करोड रकम खर्च गदिंदै छ ।

त्यसैगरी जिल्लाको सरावल गाउँपालिका पहुँच मार्गलाई तीन करोड ५० लाख, बासाबसाईदेखि पिपरहिया महेशपुर सडकलाई एक करोड ५० लाख, नेपाल भारत सीमादेखि महलबारी प्रतापुर बद्रीघाटसम्मको सडकलाई एक करोड ५० लाख, रामग्रामको पोखरापालीदेखि सुनवलको बैरगनाथसम्मको सडकलाई एक करोड, भुमही प्रतापपुर घुर्कोट सडकलाई एक करोड रकम विनियोजन भएको सडक पुर्वाधार विकास कार्यालय भैरहवाले जनाएको छ ।