मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १५ बुधबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभामा विजयीको सूची राष्ट्रपतिलाई बुझाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १५ बुधबार १६:३२:००

निर्वाचन आयोगले राष्ट्रिय सभामा विजयी भएका उम्मेदवारको सूची बुधबार राष्ट्रपतिसमक्ष बुझाएको छ । अब संसदलाई पत्र लेखेर सोको जानकारी दिने र सूची बुझाउने तयारी रहेको आयोगका उपसचिव ऋषिराम भुषालले जानकारी दिए । 

‘हामीले वर्ग, कोटा लगायतका जानकारी खुलाएर राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझायौं । राष्ट्रियसभा सचिवालयलाई बझाएपछि अब विजयी सबैलाई सम्पर्क गर्ने र त्यसपछि अन्य प्रक्रिया त्यतैबाट हुनेछ,’ उनले भने । अबको काम संसद सचिवालयको हुने उनले बताए । 

राष्ट्रिय सभामा निर्वाचित सवै सदस्यको गोलाप्रथाबाट पहिलो कार्यकालका लागि पदावधि निर्धारण गरिएको थियो । दुई वर्ष पदावधि रहेका एक तिहाइ सदस्यहरूको कार्यकाल समाप्त भएकाले १९ सदस्यका लागि आयोगले चुनाव गराएको थियो ।

‘अहिले सूची हामीसँग आइसकेको छैन,’ राष्ट्रियसभा सचिव राजेन्द्र फुयालले भने, ‘हाल रहनुभएका सदस्यहरूको पदावधि २० गते सकिने भएकाले फागुन २१ गते नयाँ सदस्यहरूले शपथ ग्रहण गर्नुहुनेछ ।’ 
राष्ट्रियसभाका लागि गत ९ माघमा उपनिर्वाचन भएको थियो । बिहान १० बजेदेखि ४ बजेसम्म मतदान सम्पन्न भएको र सोही दिन बेलुका साढे ८ बजे मतगणणा सकिएको थियो ।