१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ १५ बुधबार ०७:५१:००
Read Time : < 1 मिनेट
समाचार

 सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

Read Time : < 1 मिनेट
२०७६ माघ १५ बुधबार ०७:५१:००

सभामुखमा अग्नि सापकोटा अयोग्य भएको दाबी गर्दै परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । हत्याको आरोप लागेको व्यक्तिलाई सभामुखमा रोक्न माग गर्दै परेको मुद्दामा न्यायाधीश सपना प्रधान मल्लको इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘नेपालको संविधानको धारा २०(५) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिनेछैन भन्ने व्यवस्था रहेको तथा अन्य कानुनहरूले पनि कुनै कसुरको जाहेरी परी आरोप लागेको व्यक्तिउपर अनुसन्धान भइरहेको अवस्थामा सार्वजनिक पद धारण गर्न अयोग्य हुने वा सार्वजनिक पद नियुक्तिका लागि अयोग्य हुने गरी कुनै कानुनी व्यवस्था गरेको देखिँदैन ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय रोक्न माग गर्दै सर्वाेच्चमा मुद्दा हालेका थिए ।