मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ १५ बुधबार ०७:५४:००
Read Time : < 1 मिनेट
अर्थ

नेपालगन्ज उद्योग वाणिज्य संघमा चुन्ना 

Read Time : < 1 मिनेट
२०७६ माघ १५ बुधबार ०७:५४:००

नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न साधारणसभाबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) विजयी भएका छन् । संघमा मुस्लिम समुदायबाट अध्यक्ष बन्ने उनी पहिलो व्यक्ति हुन् । 

आइतबार सम्पन्न मतगणनाअनुसार समावेशी प्यानलका चुन्नाले साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई पराजित गरेका हुन् । उपाध्यक्ष पदमा दुवै प्यानलबाट एक–एकजना निर्वाचित भएका छन् । समावेशी प्यानलबाट उपाध्यक्ष (उद्योग) तर्फ आदेशकुमार अग्रवाल र साझा प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्ष (वाणिज्य) तर्फ अमितकुमार बस्नेत विजयी भए । 

संघको सदस्यमा हरिलाल न्यौपाने, मन्दिरा पाण्डे, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, विजय भण्डारी, टंकप्रसाद शर्मा, टंकबहादुर धामी, विष्णुप्रसाद श्रेष्ठ, धर्मराज अर्याल, भीमबहादुर रानाभाट, टेकबहादुर खड्का, बिन्दुचर्ती मगर निर्वाचित भए । सदस्यमध्ये शर्मा, मगर र खड्का साझा प्रजातान्त्रिक प्यानलका हुन् ।

एसोसिएटतर्फ समावेशीका दीपेन्द्र विष्ट र साझा प्रजातान्त्रिकका सञ्जय अग्रवाल निर्वाचित भए भने वस्तुगततर्फ साझा प्रजातान्त्रिकका सलाउद्दिन जसगढ निर्वाचित भए । वस्तुगतमा समावेशीका भीमलाल कँडेल र साझा प्रजातान्त्रिकका बद्री श्रेष्ठको बराबर मत आएको छ । उनीहरूले आधा–आधा कार्यकाल काम गर्ने सहमति गरेको प्रमुख निर्वाचन अधिकृत टीकाजंग शाहीले जानकारी दिए ।