Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ माघ १५ बुधबार ०६:५५:००
Read Time : < 1 मिनेट
समाचार

चारुमती बौद्ध विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने

Read Time : < 1 मिनेट
२०७६ माघ १५ बुधबार ०६:५५:००

चाबहिलस्थित चारुमती बौद्ध विहार (स्तुपा)मा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा प्राचीन बौद्धस्थलको प्रवद्र्धन र विकासका लागि २५ र २६ माघमा चारुमती बुद्धिस्ट मिसनले त्रिपिटक पाठ, साइकल यात्रा तथा नेपाल–थाई सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । 

चाबहिलस्थित बौद्ध विहार अशोककालीन अर्थात् दुई हजार वर्षभन्दा पहिले बनेको हो । यस विहारको प्रचारप्रसार तथा धार्मिक पर्यटन प्रचारका लागि त्रिपिटक पाठ तथा साइकलयात्रा आयोजना गरिएको विहारका प्रमुख भिक्षु तपस्वी धम्मले जानकारी दिए ।

नेपालसहित भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार र लाओसका करिब दुई सयजना भिक्षु÷भिक्षुणी, लामा र आनीहरूले त्रिपिटक पाठ गर्नेछन् । यस्तै, चाबहिलबाट सुरु हुने साइकलयात्रा गौशाला, कोटेश्वर, सातदोबाटो, लगनखेल , शंखमूल, नयाँबानेश्वर हुँदै पुनः चारुमती विहारमै आएर टुंगिनेछ ।