मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार

स्ववियु निर्वाचनका लागि कार्य तालिका प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १८:०६:००

आगामी १४ फागुनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयले कार्य तालिका प्रस्ताव अघि सारेको छ । त्रिविले स्ववियु निर्वाचन सम्पन्न गर्ने कार्य तालिकाको प्रस्ताव अघि सारेको हो । 

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार विद्यार्थी सङ्गठनबीचको छलफलमा निर्वाचन कार्य तालिका प्रस्ताव राखेको हो । बैठकमा सहभागी अनेरास्ववियु, समाजवादी विद्यार्थी  युनियन, अखिल (छैठौं), नेविसंघलगायतका सङ्गठनले प्रस्तावित स्ववियु निर्वाचन तालिकाप्रति सहमति जनाएका छन् ।

त्रिविले आफ्ना सबै आङ्गिक क्याम्पससहित सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु निर्वाचन गराउन अग्रसर हुन विद्यार्थी सङ्गठनले जोड दिएका छन् । त्रिविका निमित्त रेक्टर शिवलाल भुसालको अध्यक्षतामा बसेको बैठकमा विप्लप निकट क्रन्तिकारी र नेविसंघबाहेक सबै विद्यार्थी सङ्गठनको सहभागिता रहेको थियो ।

बैठकमा अनेरास्ववियुका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेललगायत विद्यार्थी नेताको सहभागी थिए ।