मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
एजेन्सी
२०७६ माघ १४ मंगलबार १७:०३:००
Read Time : < 1 मिनेट
विश्व

हिमाली क्षेत्रका ५ हजार ताल विष्फोटको उच्च जोखिममा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ माघ १४ मंगलबार १७:०३:००

उच्च तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रका ५ हजार ताल विष्फोटको उच्च जोखिममा रहेको एक अनुसन्धानले देखाएको छ ।

जर्मनीको पोष्टडम विश्वविद्यालयका तीन जना अध्ययनकर्ताले गरेको अनुसन्धानबाट एसिया महादेशका हिमाली ताल जोखिममा रहेको देखाएको हो । यो क्षेत्रको कमजोर भू–बनावटका कारण एसियाको हिमाली क्षेत्रका तालहरु विष्फोटको जोखिममा रहेको अध्ययनकर्ताहरुले औल्याएका  छन् । 

अध्ययनबाट विश्व तापमानमा भएको वृद्धिका कारण हिमनदी पग्लेर हिमतालमा पानीको सतह तिव्र रुपले बढिरहेको देखिएको छ । प्राकृतिक रुपमा कमजोर चट्टानी बनावट भएका तालका पर्खालहरू पानीको अधिक भार थेग्न नसक्नाले विस्फोट हुने (फुट्ने) सम्भावना बढेको अध्ययनले देखाएको छ । 

हिमतालहरुको स्थलगत अध्ययन तथा स्याटेलाइटबाट तथ्याङ्क संकलन गरेर उनीहरुले अनुसन्धान गरेका थिए । अध्ययनकर्ताले हिमताल विष्फोट भएमा यसले धेरै टाढासम्म बाढी, पहिरो तथा ढुबानको समस्या निम्त्याउने चेतावनी दिएका छन् । 

यसअघि सन् २०१९ को जुन महिनामा पनि कोलम्बिया विश्वविद्यलयका अनुसन्धानकर्ताको टोलीले तापक्रम वृद्धिका कारण प्रत्येक वर्ष हिमनदी पग्लेर हिमतालमा ३२ लाख वलम्पिक स्विमिङ्ग पुल बराबरको पानी बढ्दै गइरहेको बताएका थिए । उक्त अध्ययन प्रतिवेदनका अनुसार सन् २००० देखि प्रत्येक वर्ष चीन, नेपाल, भारत र भुटानका हिमनदीहरुमा २० इन्च बराबरको हिउ पग्लदै गइरहेको छ ।