१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ १४ मंगलबार १६:५०:००
Read Time : < 1 मिनेट
समाचार

सुर्खेतमा गोली चल्यो, ८ जना घाइते

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार १६:५०:००

वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरी गोली चलाएको छ । कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियाे भने अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको जनाएको छन् ।