मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १४ मंगलबार १६:२१:००
Read Time : < 1 मिनेट
समाचार

बसाइँसराइ रोक्न गाउँगाउँमा खानेपानी सुविधा विस्तार

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार १६:२१:००

खानेपानीको चरम अभाव खेपेकाे सिरहाकाे लहान नगरपालिका २४ गोविन्दपुर क्षेत्रबाट हुने बसाइँसराइ रोक्न गाउँगाउँमा खानेपानी सुबिधा पुर्याइएको छ । 

नगरको उत्तर पश्चिमवर्ती क्षेत्रमा तेस्रो ठूलो वडाको रुपमा रहेको गोविन्दपुरमा पानी कै कारणले स्थानीय बासिन्दाको बसाइ सर्ने क्रम बढेपछि त्यसलाई रोक्न गाउँगाउँमा खानेपानीको सुविधा पुर्याइएको वडा कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनपछिको तीन आर्थिक वर्षमा वडा कार्यालयले गोविन्दपुरका ३४ वटा गाउँमा खानेपानीको सुविधा पुर्याइएको वडाध्यक्ष कमलदेव यादवले बताए ।

‘पानीको सतह हेरेर पावर ड्रिल, इनार र बोरिङ मार्फत खानेपानीको सुविधा पुर्याइएको छ’ उनले भने ‘खानेपानी कै कारण मानिसहरु गाउँ छोडेर अन्यत्र जान थालेपछि स्थानीय तहको निर्वाचनपछि पानीको व्यवस्थापन गर्न केन्द्रीत भएका हाै‌ ।’ आब २०७४/०७५ देखि २०७६/०७७ सम्म वडा कार्यालय, संघीय र प्रदेश सांसद विकास कोष, कृषि ज्ञान केन्द्रको बजेटबाट २१ ठाउँमा इनार, पावर ड्रिल र बोरिङ् गरिएको वडाध्यक्ष यादवले बताए । 

दास टोलका ७० वर्षीय उत्तिमलाल दासले गाउँबाट करिब एक घण्टाको दूरीमा रहेको इनारबाट पानी ल्याउन बाध्य भएकोमा अहिले आँगनमा नै इनार बनेपछि निकै सजिलो भएको बताए । अर्की स्थानीय लिलादेवी दासले वर्षाको समयमा पनि एक घण्टाको दूरीमा रहेको इनारबाट जसोतसो पानी ल्याउनु पर्ने बाध्यता रहेकोमा अहिले पानी चलाउन सजिलो भएको बताईन ।