मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १४ मंगलबार १५:५२:००
Read Time : > 1 मिनेट
नयाँCity

एक-अर्काको नजरमा पारस र ज्ञानेन्द्र

Read Time : > 1 मिनेट
२०७६ माघ १४ मंगलबार १५:५२:००

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल समकालीन खेलहस्ती हुन् । उनीहरूले राष्ट्रिय टिममा रहेर करिब १५ वर्ष सहकार्य गरिरहेका छन् । पारस र ज्ञानेन्द्र क्रिकेट क्रिजका मात्र नभएर बाहिरका पनि मिल्ने साथी हुन् । लामो सहकार्य गरेका उनीहरूले एक–अर्कालाई कसरी बुझेका रहेछन् भनेर नयाँ पत्रिकाकी मञ्जु टेलरले जान्न खोजेकी छिन् ः 

ज्ञानेन्द्रको नजरमा पारस

व्यक्तिगत स्वभाव
- पारस एकदमै मिलनसार छ । सधैँ खुसी रहने र रमाइलो गर्ने उसको स्वभाव छ । समूहमा रहँदा उसलाई अझ धेरै रमाइलो गर्नुपर्ने हुन्छ । कतिपय आफ्नो लागि बचाउनुपर्ने कुरामा पनि रमाइलो गरेर सकाइदिने स्वभाव छ ।

पारिवारिक जिम्मेवारी
- पारस पारिवारिक जिम्मेवारीबाट कहिल्यै पछि हट्दैन । परिवारलाई सधैँ समय दिइरहेको हुन्छ । उसको पारिवारिक वातावरण एकदमै रमाइलो छ । 

राम्रा पक्ष
- नेपाली क्रिकेटलाई यो उचाइमा पु¥याउन पारसको निकै ठूलो योगदान छ । नेतृत्व र खेल दुवै हिसाबले उसको भूमिका अतुलनीय छ । ऊ टिममा सबैका लागि सहज छ । टिमका सबैसँग उसले राम्रो व्यवहार गर्छ । अहिलेसम्म उसले कसैबारे नराम्रो टिप्पणी गरेको सुनेको छैन । ऊ लामो समय राष्ट्रिय टिमको नेतृत्व गरेको मान्छे हो । ऊ खेल रणनीति बनाउन सिपालु छ । 

- साथीभाइलाई सहयोग गर्न पारस कहिल्यै पछि हट्दैन । जे विषयमा पनि उसको स्पष्ट धारणा हुन्छ । खेल, टिम र परफर्मेन्सको विषयमा पनि उसले सधैँ स्पष्ट विचार दिन्छ । पारस एउटा राम्रो लिडर हो । टिममा रहँदा होस् वा नरहँदा, ऊ टिमलाई सहयोग गरिरहन्छ । टिमभित्रका कठिनाइ कसरी समाधान गर्नुपर्छ भन्ने ऊसँग राम्रो ज्ञान छ । उसलाई जहिले पनि राम्रो कसरी गर्न सकिन्छ भन्ने कुराको मात्रै ध्याउन्न हुन्छ । 
सुधार्नुपर्ने पक्ष

- पारस अरूलाई छिट्टै विश्वास गर्छ । यो उसको सुधार्नुपर्ने पक्ष हो । अरूलाई छिटो विश्वास गरेर निर्णय गर्दा कहिलेकाहीँ उसले घाटासमेत व्यहोर्नुपरेको छ । त्यस्तै, कतिपय इस्युमा आफूलाई डिफेन्स गर्नुपर्ने हुन्छ ।

त्यस्ता कुरा पनि ऊ रमाइलो गरेर सकाइदिन्छ ।

पारसको नजरमा ज्ञानेन्द्र

व्यक्तिगत स्वभाव
- ज्ञानेन्द्र निकै इमानदार मानिस हो । ऊ शालीन र भद्र छ । र, सहयोगी पनि । अरूलाई सहयोग गर्न कहिल्यै पछि हट्दैन । 

पारिवारिक जिम्मेवारी
- ज्ञानेन्द्र आफ्नो परिवारप्रति पूर्ण जिम्मेवारी निभाउने व्यक्ति हो । कामबाहेक अन्य अनावश्यक कुरामा ऊ समय खर्च गर्दैन । विनाकाम घरबाहिर निस्केको मैले देखेको छैन । परिवारमा बसेर रमाइलो गर्ने उसको स्वभाव छ । 

 राम्रा पक्ष
- ज्ञानेन्द्र नेपाली क्रिकेट इतिहासकै एउटा सक्षम खेलाडी हो । पछिल्लो १५ वर्षमा नेपाली क्रिकेटले जति पनि उपलब्धि हासिल ग¥यो, यसमा ज्ञानेन्द्रको भूमिका मुख्य छ । लामो समय टिमको नेतृत्व गर्दा हरेक विषयमा मलाई उसको सहयोग रह्यो । टिमभित्र वा बाहिर रहँदा पनि कहाँ के गर्ने भन्ने कुराको राम्रो ज्ञान छ, ऊसँग । टिममा सबैलाई कसरी मिलाएर अघि बढ्न सकिन्छ भन्ने कुराको ज्ञानेन्द्रसँग राम्रो सीप छ । उसको नेतृत्वमा अहिले नेपाली टिमको प्रदर्शन अझै राम्रो भइरहेको छ ।

सुधार्नुपर्ने पक्ष
- ज्ञानेन्द्र धेरै संघर्ष गरेर आएको क्रिकेटर हो । उसको नराम्रा पक्षबारे टिप्पणी गर्न चाहन्नँ । यस्ता व्यक्तिगत टिप्पणी गर्न मिल्दैन पनि ।