Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ माघ १४ मंगलबार १५:३८:००
Read Time : < 1 मिनेट
समाचार

चीनमा कोरोना भाइरस संक्रमण बढेसँगै रसुवागढी नाका बन्द

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार १५:३८:००

चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै बुधबारदेखि १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ । मंगलबार बिहान नेपाल(चीन सिमाना रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यालयका प्रतिनिधीबीच बसेको बैठकले नाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए । 

नाका बन्द भएपछि सवारी साधन तथा मानिसहरु आवात जावातमा बन्द गरिने सुवेदीले बताए । दुई देशका अधिकारीबीच भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुङ्गाहरु खसेर दुर्घटना हुन सक्ने कारण देखाउँदै नाका बन्द गरिने जनाएको हो ।

त्यस्तै चीन प्रवेशको पास भएका रसुवाबासीहरु भने रसुवागढी नाकाको पारी पट्टीसम्म मात्र जान पाउने निर्णय भएको समेत सुवेदीले बताए ।