मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १४ मंगलबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार

‘सदन कराउँदै छ, सरकार पिना सुकाउँदै छ’

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार १५:२२:००

कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सदनको कुरा सरकारले सुन्न छाडेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा बैठकमा मंगलबार बोल्दै उनले सदनको आवज सिंहदरबारसम्म पुग्न नसकेको बताए ।

‘सरकारको ध्यान कर्म भन्दा कान्डमा गयो । सदनका आवाज बिलाएका छन्,’ उनले प्रश्न गरे, ‘उखु किसानको भुक्तानी दिन अझै बाँकी छ । नसक्ने भए, किन सदनमा बोलेको? बोलेको कुरा पुरा नहुने कस्तो अभ्यास गर्दैछौं हामी?’

पन्थले सीमा विवादपछि जारी गर्ने भनिएको नयाँ नक्साको प्रगतिका विषयमा सरकारसँग प्रश्न गरे । सदनमा उठेका आवाज सदनमै बिलाउने गरेको भन्दै उनले भने, ‘सदन कराउँदैछ, सरकार पिना सुकाउँदै छ ।’
संवैधानिक आयोग र आधा दर्जन विश्वविद्यालय पदाधिकारी विहीन भएको भन्दै उनले प्रश्न गरे, ‘यिनमा नियुक्तिको लागि किन ढिला भयो? भागबण्डा मिलेन, कार्यकर्तामाथि विश्वास लागेन कि आफन्त भेटिएनन्?’

उनले एमसिसिबारे अझै पनि सरकारले आधिकारीक धारणा बनाउन नसकेको, संविधान संशोधनको मुद्दा अगाडि नबढाएको, सरकार आफैले नीतिगत भ्रष्टाचार गरेको जस्ता घटनाले आगामी वर्षमा सरकारलाई चुनौती सिर्जना हुने चेतावनी दिए ।