Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७६ माघ १४ मंगलबार १५:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

किन ‘ट्रोल’काे शिकार बन्छिन् प्रियंका ?  

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ माघ १४ मंगलबार १५:२५:००

नायिका प्रियंका चोपडा विश्वकै ठूलो म्युजिक अर्वाड समारोहमा सहभागी बनेकी थिइन् । ग्रामी अर्वाड २०२० मा उनले लगाएको ड्रेसको निकै चर्चा चल्यो । अहिले उनको फोटो तथा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ ।

उनका भारतीय फ्यानहरु भने प्रियंकासँग निकै रिसाएका छन् । उनले लगाएको ड्रेसमाथि निकै टिकाटिप्पणी भइरहेको छ । प्रियंकाको ड्रेसको विवाद भने याे पहिलो होइन । धेरै पटक ड्रेसकै कारण उनले फ्यानबाट आलोचित हुनु परेको छ । उनलाई आफ्नो संस्कार भुलेको आरोपसमेत लाग्ने गरेकाे छ । 

प्रियंकाको ‘ट्रोल’ श्रृखला 

मेट गाला २०१९ मा पनि चोपडा स्टनिङ्ग लुकसहित पिङ्क कारपेटमा प्रियंका हेर्न आतुर उनका फ्यानले उनको लुकलाई लिएर हैरान भएका थिए । केही समय पहिले बर्लिनमा प्रियांका चोपडाको भेट प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो । प्रियंकाले प्रधानमन्त्रीलाई भेट्न जाँदासमेत छोटो ड्रेस लगाएका कारण उनी सोसल मिडियामा निकै ट्रोल बनेकी थिइन् ।  प्रियंकाकाे मेट गाला २०१८ मा पनि ड्रेसकै कारण आलोचना भएको थियो ।