मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १४ मंगलबार १५:२३:००
Read Time : < 1 मिनेट
समाचार

सभामुख पदको गरिमा उँचो राख्छु : सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १४ मंगलबार १५:२३:००

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको गरिमा र ओजलाई अझ उँचो राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मङ्गलबार संसदको हिउँदे अधिवेशनमा पहिलो पटक बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

‘संसदको गरिमा, ओज र प्रतिष्ठालाई अझ उँचो राख्न आफू प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्दै जनताका सरोकारका विषय माथि छलफल गर्न समुचित प्रयास गर्न म प्रतिवद्ध छु,’ सभामुख सापकोटाले भने ।

आफ्नो पतिवद्धतालाई व्यवहारमा उतार्न सबै दलका प्रतिनिधि र सदस्यहरुबाट सहयोग पाउनेमा आफू विश्वस्त रहेकोसमेत उनले बताए ।