१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १४ मंगलबार १४:२२:००
Read Time : < 1 मिनेट
समाचार

सभामुखलाई बधाई दिंदै देउवाले भने : एमसीसीबाट फाइदै फाइदा छ, पारित गर्नु पर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १४ मंगलबार १४:२२:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाले दिन लागेको सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बाट नेपाललाई फाइदा हुने भएकाले स्वीकार गर्नु पर्ने बताएका छन् । त्यसैले एमसीसीलाई संसदबाट पास गरेर यसबाट फाइदा लिनका लागि अघि बढ्नु पर्ने देउवाको भनाई छ । 

मंगलबारबाट सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा आफ्नो धारणा राख्दै देउवाले एमसीसीका बारेमा अहिले चर्चापरिचर्चा भए पनि यसको प्रकृया धेरै अगाडि देखि सुरु भएको बताए । 

एमसीसीले नेपाललाई धेरै आर्थिक फाइदा पुग्ने भन्दै देउवाले संसदबाट पास गरेर यसको कार्यान्वयनमा जानु पर्नेमा जोड दिए । ‘यसमा अमेरिकाले सैन्य रणनीति छैन भनिसकेको छ । किन सैन्य रणनीतिको कुरा बारम्बार निकालिँदैछ ?’ देउवाले भने ‘अमेरिकाले जलस्रोतमा धेरै लगानी गर्दै छ । जसबाट हामीले विद्युत भारतलाई बेच्न सक्छौं । यसबाट नेपालले फाइदा लिनुपर्छ ।’  

देउवाले धेरै ठूलो रस्साकसीका बाबजुद चयन भएकाेमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिए । सभामुखको सफल कार्यकालका लागि प्रतिपक्षी दलका  हैसियतले नेपाली कांग्रेसले सक्दो सहयोग पुर्याउने देउवाको भनाई थियो । 

संसदबाट पारित गर्ने तयारी गरिएका केही विधेयकका बारेमा कांग्रेसको असहमति रहेको उनले बताए । ‘मिडियालाई कसेर लोकतन्त्र बलियो हुँदैन, प्रेसलाई बन्देज लगाउने सरकारको विधेयक विरुद्ध हामी छौं’ देउवाले भने ‘शान्ति प्रक्रियाका बाँकी सबै काम टुङ्ग्याउन कांग्रेसको साथ र सहयोग रहन्छ ।’