मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
२०७६ माघ १४ मंगलबार ११:१०:००
सप्तरंग

निर्मलाकी आमालाई ‘कोपिला’को सहयोग

२०७६ माघ १४ मंगलबार ११:१०:००

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा आधारित चलचित्र ‘कोपिला’को गत शुक्रबार हेटौँडाको एनएस सिनेमा हलमा च्यारिटी सो भएको छ । मकवानपुर जागरण अभियानद्वारा आयोजित च्यारेटी सोका क्रममा स्वर्गीय पन्तकी आमा दुर्गादेवीलाई ५० हजार रुपैयाँ प्रदान गरियो । चलचित्रका निर्देशक शिवम अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफ्ले र जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले उक्त रकम हस्तान्तरण गरे ।

कार्यक्रममा चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, सञ्जीवनी खरेल, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको सहभागिता थियो । यस फिल्मले हिंसापीडित आमकिशोरीहरूको प्रतिनिधित्व गर्ने चलचित्र युनिटको तर्क छ ।

आफ्नी छोरीजस्तो अरू छोरीले बलात्कृत हुनु नपरोस् र महिला हिंसा अन्त्य गर्न चलचित्रले शिक्षा दिने आशा स्वर्गीय निर्मलाकी आमा दुर्गादेवीले व्यक्त गरिन् । कञ्चनपुरकी महिला अधिकारकर्मी प्रेमवती रानाले यस चलचित्रले महिला हिंसाविरुद्ध समाज सुसूचित हुने र आमछोरीचेलीलाई यस्ता घटनाबाट सजग बनाउने आशा व्यक्त गरिन् ।