मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १४ मंगलबार ०९:४६:००
Read Time : > 1 मिनेट
समाचार

लमजुङका विपन्न समुदायले पाए नयाँ घर, जनता आवासका ५० घर हस्तान्तरण

Read Time : > 1 मिनेट
२०७६ माघ १४ मंगलबार ०९:४६:००

लमजुङका विपन्न परिवारले नयाँ घर पाएका छन् । जनताआवस कार्यक्रम अन्र्तगत निर्माण गरिएका ५० घर विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय गोरखाद्धारा सञ्चालित जनताआवस कार्यक्रम अन्र्तगत निर्माण गरिएका ५० घर आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हस्तान्तरण गरेका हुन् ।

मध्यनेपाल नगरपालिका ४ रम्घा बोटेगाउँमा एक कार्यक्रमको आयोजना गरी उक्त भर हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष ०७५/०७६ मा विपन्न तथा अल्पसंङख्याक समुदायको लागी उक्त कार्यक्रम सुरु गरिएको हो । शौचालयसहितको निर्माणपछि घर हस्तान्तरण गरिएको हो । सहरी तथा भवन कार्यालय गोरखाका निमित्त प्रमुख इन्जियनियर सुरेश खनालका अनुसार जनता आवस कार्यक्रम मार्फत रम्घाका बोटे र माझीको  २८ घर, बेसीशहर नगरपालिका ११ चिती बरबोटमा चेपाङ समुदायका लागी ९ घर,दोर्दी गाउँपालिका ९ भीरकुनामा चेपाङ र दलित समुदायका लागी १३ घर निर्माण सम्पन्न भएको छ । 

इन्जिनियर खनालका अनुसार कार्यक्रम अन्र्तगत घर निर्माणका लागी प्रतिपरिवार तीन लाख ३२ हजार ५ सय रुपैया प्रदान गरिएको थियो । घरको जग खनेपछि २५ प्रतिशत रकम भुक्तानी गरिएको थियो भने  डिपिसी भएपछि ३० प्रतिशत, छाना छाएपछि २५ प्रतिशत ,शौचालय र झ्यालढोका बनेपछी १० प्रतिशत रकम प्रदान गरिएको थियो । नयाँ घर पाएसँगै बोटे समुदाय र माझी समुदायका बासीन्दा खुसी भएका छन् । 

मध्यनेपाल नगरपालिका ४ रम्घा बोटेगाउँका मिलन बोटेले घर नबन्दा धेरै समस्या भएको बताए । उनले भने ‘पहिले झुपाडीमा बस्दा धेरै समस्या भयो पानी चुहिँदा घर बाहिर अरुको घरमा ओत लाग्नुपथ्र्यो अहिले घर बन्दा धेरै खुसी छु ।’ उनी मात्र होइन विक्रम बोटे पनि नयाँ घर पाउँदा खुसी छन् । उनी भन्छन् ‘भुकम्पपछि घर बनाउन सकिएको  थिएन जनताआवस कार्यक्रमले आवस दियो अहिले नयाँ घरमा बस्न पाउँदा खुसी छु ।  ’