१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १४ मंगलबार ०९:४५:००
Read Time : < 1 मिनेट
खेलकुद

ज्ञान निकेतन बास्केटबल आज

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार ०९:४५:००

ज्ञान निकेतन माविको आयोजनामा १९औँ ज्ञान निकेतन बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा प्लस टु पुरुष र स्कुल पुरुषमा २४ टोलीको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी निर्देशक विश्वजित कुँवरले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्लस टु पुरुषमा १६ तथा स्कुल पुरुषमा आठ टोली सहभागी हुनेछन् । प्लस टुमा सहभागीलाई चार तथा स्कुलतर्फ दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइनेछ । प्लस टुतर्फ समूहमा शीर्ष दुई स्थानमा रहने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

स्कुलतर्फ समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्नेछन् । प्लस टुमा टाइम्स इन्टरनेसनल कलेज तथा स्कुलमा आयोजक ज्ञान निकेतन साबिक विजेता हुन् । २१ माघसम्म चल्ने प्रतियोगिताका खेल शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछन् । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको ज्ञान निकेतनका बास्केटबल प्रशिक्षक सुनिल लामाले जानकारी दिए ।