Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उपेन्द्र खनाल तनहुँ 
२०७६ माघ १३ सोमबार २१:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चितुवाको आक्रमणबाट बालकको मृत्यु 

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल तनहुँ 
२०७६ माघ १३ सोमबार २१:०६:००

चितुवाको आक्रमणबाट बन्दीपुरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका– ४ का सुकबहादुर सुनार र पविता सुनारको १० वर्षीय छोरा इसाक सुनार रहेका छन् ।

सोमबार साँझ साढे ६ बजे आमासँग बिहे भोज खाएर फर्कने क्रममा विमलनगरस्थित लोहीपाखामा बालकलाई चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । उनका अनुसार बिहे भोज खाएर आमा र छोरा अन्य स्थानीयसँगै घर फर्कंदै थिए ।

‘आमा थोरै अगाडि र अन्य स्थानीय केही पछाडि रहेछन्,’ उप्रेतीले भने, ‘बालकलाई चितुवाले एक्कासी आक्रमण गरेछ ।’ पछाडि आउँदै गरेकाहरूले चिच्याउँदै होहल्ला गरेपछि बालकलाई करिब सय मिटर जति टाढा पुर्‍याएर चितुवा भागेको थियो । चितुवाले बालकको घाँटीमा तीन ठाउँमा चिथोरेको पाइएको छ ।

पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ । भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक, आँबुखैरेनी गाउँपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक जना गरी तनहुँमा चितुवाको आक्रमणमा परेर नौ जनाको ज्यान गइसकेको छ ।