१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ माघ १३ सोमबार २०:४०:००
Read Time : < 1 मिनेट
समाचार

बालबालिकालाई नगरपालिकाको झोला

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ माघ १३ सोमबार २०:४०:००

जिल्लाको मटिहानी नगरपालिकास्थित दुई मदरसाको कक्षा १ मा अध्ययनरत एक सय १० जना विद्यार्थीलाई नगरपालिकाले झोलासहित शैक्षिक सामग्री विरतण गरेको छ ।

मेयर हरिप्रसाद मण्डलले झोला र शैक्षिक सामग्री वितरणले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउन सहयोग पुग्ने बताए । उनले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरपालिकाले शैक्षिक सामग्री वितरणसँगै दिवा खाजालाई पनि प्राथमिकतामा राखेको बताए ।

मटिहानी नगरपालिका–४ मझौरास्थित छात्रा मात्र पढ्ने मदरसा खदीजतुल कुबरा र मदरसा नजमुल होदा अल सलफियाका कक्षा १ मा अध्ययनरत विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री वितरण गर्दै मेयर मण्डलले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कक्षा १ का विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने बताए ।

मदरसालाई भरपर्दो शैक्षिक स्थल बनाउँदै मदरसा शिक्षालाई व्यवस्थित बनाउन नगरपालिकाले दर्ता भएका मदरसाहरूलाई विशेष प्राथमिकतामा राखेर नियमित अनुगमन गर्दै आएको मेयर मण्डलले बताए । उनले बालबालिका नै देशको भविष्य भएको भन्दै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूलाई आग्रहसमेत गरे । मटिहानीमा दुई मदरसा र १२ सामुदायिक विद्यालय छन् ।