मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १३ सोमबार १८:२०:००
Read Time : > 2 मिनेट
समाचार

कांग्रेसको १४ औं महाधिवेशन ७ फागुन २०७७ मा गर्ने सर्वसम्मत निर्णय

Read Time : > 2 मिनेट
२०७६ माघ १३ सोमबार १८:२०:००

नेपाली कांग्रेसको १४ औं महाधिवेशन ७ फागुनदेखि १० फागुन २०७७ मा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले सर्वसम्मत रुपमा महाधिवेशन उक्त मितिमा गर्ने निर्णय गरेको हो । 

यो मिति यसअघि पार्टी सभापति शेरबहादुर देउवा पक्षले तोकेकै मिति हो । यस मिति प्रति बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको थियो । गत शुक्रबार भएको छलफलले दुवै पक्षबीच मिलेर जाने सहमति कायम गरेको थियो । सोही बमोजिम सोमबार केन्द्रीय कार्यसमितिको बैठक बसेको हो । 

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको देउवा र पौडल पक्षधर कार्यकर्ताबीच पार्टी कार्यालय सानेपामा झडप भई रहँदा बैठक बस्ने नबस्ने दोधारबीच बैठक चलेको थियो ।

अर्काे बैठक यही २३ माघमा बस्ने एक नेताले जानकारी दिए ।

यस्तो छ बैठकको निर्णयहरू

पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण/नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु-याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौंधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको छ ।

१. पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि- २०७६ माघ मसान्तभित्र ।
२. विधानले तोकेको कार्य्विधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि - २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म ।
३. प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि - २०७७ वैशाख मसान्तभित्र ।
४. नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र ।
५. उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि -२०७७ जेष्ठ मसान्तभित्र ।
६. क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि - २०७७ असार १५ गतेभित्र ।
७. उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि - २०७७ श्रावण १५ गतेभित्र ।
८. नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि - २०७७ श्रावण २५ गतेभित्र ।
९. केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि - २०७७ श्रावण मसान्तभित्र ।

अधिवेशन कार्यतालिका 
१. गाउँ/नगर वडा अधिवेशन - २०७७ कात्तिक १६ गते  
२. गाउँ÷नगरपालिका  अधिवेशन - २०७७ कात्तिक १८ गते
३. प्रदेश सभा क्षेत्रीय अधिवेशन - २०७७ कात्तिक २१ गते
४. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन - २०७७ कात्तिक २३ गते
५. एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन - २०७७ कात्तिक २५ गते
६. प्रदेश अधिवेशन - २०७७ मंसिर २९ गते
७. केन्द्रीय महाधिवेशन : २०७७  फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

क्रियाशील सदस्यता सम्बन्धी 
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने ‘क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति’ ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने ।